Logo

एमालेको पुरानै कमिटी ब्युँताएपछि माधव नेपालमाथि नैतिक संकट



काठमाडौं, १६ असार । माग बमोजिम नै नेकपा एमालेको नवौं महाधिवेशनको निर्वाचित कमिटी ब्युँताएपछि पूर्वप्रधानमन्त्री माधवकुमार नेपालमाथि नैतिक संकट परेको छ । अब एमालेभित्रै रहेर संघर्ष गर्ने या विद्रोह गरेर नयाँ पार्टी खोल्नेबारे उनलाई टुंगोमा पुग्न कठिन भएको छ । त्यसमाथि आफू पक्षधर नेताले साथ दिने हुन् या होइनन् भन्ने चुनौती तेर्सिएको छ ।

आज एमालेको महाधिवेशन आयोजक कमिटी बस्दैछ । त्यसपछि ब्युँतिएको केन्द्रीय कमिटी बैठक बस्ने तय भएको छ ।

एमालेको नवौं महाधिवेशनको निर्वाचित कमिटी ब्युँतिएपछि पदाधिकारी स्वतः रहने अवस्था बनेको छ । पदाधिकारीमध्ये बहुमत माधव नेपाल पक्षधर छन् । अब उनीहरु डाकिएको बैठकमा जाने हुन् या होइनन् ? प्रश्न उठेको छ ।

नेपाल खेमाका प्रभावशाली नेता भीम रावलले २ जेठ २०७५ को अवस्थामा पार्टी कमिटी फर्काउनुलाई सकारात्मक संकेत भनेका छन् । उनले अझै आशंका गर्दै प्रतिनिधि सभा पुनःस्थापनाको विषय बाँकी रहेको स्पष्ट पारे । नेता रावलले बैठकमा जान सकिने संकेत पनि गरे ।

एमाले बैठकमा माधव नेपाल, भीम रावलसहित ११ जना विघटित प्रतिनिधि सभाका सांसदहरुलाई भने निम्तो गरिएको छैन । नवौं महाधिवेशनबाट निर्वाचित कमिटी ब्युँताइएकाले नेपाल खेमाका निम्तो गरिएका नेताहरु भने जानसक्ने सम्भावना बढेको छ ।

 



प्रतिक्रिया दिनुहोस्

Screenshot