Logo

सशस्त्रमा बढुवा प्रक्रिया सुरु, प्रहरीमा सईमा प्रवेश गरेका प्राविधिकहरु डीआईजी बन्ने



काठमाडौं, असार १७। सशस्त्र प्रहरी बलमा लामो समयदेखि अबरुद्ध उच्चपदस्थ अधिकृतको बढुवा प्रक्रिया सुरु भएको छ । सशस्त्र प्रहरी मुख्यालयले नायब महानिरीक्षक (डीआईजी) बाट बढुवा प्रक्रिया थालेको हो । सशस्त्रमा तीन डीआईजी पद रिक्त छ ।

मानवस्रोत विभागमा सशस्त्र प्रहरी अतिरिक्त महानिरीक्षक ९एआईजी० रामशरण पौडेल आएलगत्तै बढुवा प्रक्रिया सुरु भएको हो । यसअघि मानवस्रोत विभागमा पुष्पराम केसी थिए । ७ असारको मन्त्रिपरिषद बैठकले उनलाई कार्य तथा सीमा सुरक्षा विभागमा सरुवा गरेको थियो । उनीमाथि बढुवा प्रक्रिया अघि बढाउन नसकेको आरोप लाग्दै आएको छ ।

एआईजी पौडेलले डीआईजी बढुवाका लागि बुधबार सूचना प्रकाशित गरेका छन् । एआईजी पौडेलद्वारा जारी सूचनामा तीन दिनभित्र सशस्त्र प्रहरी वरिष्ठ उपरीक्षक ९एसएसपी०हरूलाई आफूले प्राप्त गरेको शैक्षिक योग्यतालगायत बढुवा प्रयोजनार्थ आवश्यक पर्ने प्रमाणपत्रको प्रतिलिपि बुझाउन भनिएको छ । एआईजी पौडेल गृह मन्त्रालयले गठन गरेको बढुवा समितिको सदस्य सचिव हुन् ।

सशस्त्र प्रहरी नियमवाली २०७२ मा डीआईजी बढुवाका लागि गृह सचिवको अध्यक्षतामा तीन सदस्यीय समिति हुने व्यवस्था छ । जसमा गृहसचिव अध्यक्ष, सशस्त्र प्रहरी महानिरीक्षक ९आईजीपी० सदस्य र सशस्त्र अतिरिक्त प्रहरी महानिरीक्षक ९एआईजी० सदस्य सचिव रहने उल्लेख छ ।

बढुवाका लागि दाबेदार एसएसपीहरू चर्को लबिङमा लागेका छन् । यद्यपि, अहिलेको बढुवामा पर्ने कुनै पनि एसएसपी भावी नेतृत्वमा भने पुग्न सक्दैनन् । अहिले जति पनि डीआईजी हुन्छन्, ती सबै जना नेपाल प्रहरीमा नायव निरीक्षक ९सई० मा प्रवेश गरेका थिए । सशस्त्रमा आएपछि उनीहरु गैरप्राविधिक बनेका हुन् ।

बढुवाको पहिलो र दोस्रो नम्बरमा २० पुस २०७५ मा एसएसपी भएका कालीदास धौबजी र कुमार न्यौपाने पर्छन् । धौबजी र न्यौपाने नेपाल प्रहरीमा प्राविधिकका रूपमा सईबाट सुरु गरेका व्यक्ति हुन् । त्यसपछिका दाबेदार विदुर खड्का रहेका छन् । राजधानी दैनिकबाट



प्रतिक्रिया दिनुहोस्