Logo

सरकारको नाममा कारण देखाऊ आदेश



काठमाडौं, असार २३ । सर्वोच्च अदालतले सामाजिक सुरक्षा कोषविरुद्ध परेको रिटमा सुनुवाइ गर्दै सरकारको नाममा कारण देखाऊ आदेश जारी गरेको छ ।

बैंक तथा वित्तीय संस्थाका ६५ कर्मचारीले दायर गरेको रिटमा पहिलो सुनुवाइ गर्दै मंगलवार न्यायाधीश तेजबहादुर केसीको इजलासले १५ दिनभित्र महान्यायाधिवक्ता कार्यालयमार्फत् लिखित जवाफ पेश गर्न भनेको हो ।

बैंकका कर्मचारीले बैंक तथा वित्तीय संस्थालाई कोषमा आबद्ध हुन बाध्य पार्ने गरी सामाजिक सुरक्षा कोषले गरेको निर्णय कार्यान्वयन नगर्न अन्तरिम आदेश माग गरेका थिए । इजलासले अन्तरिम आदेशका विषयमा असार ३१ गते दुवै पक्षलाई छलफलमा बोलाएको छ ।

रिटमा अन्तरिम आदेश माग गरिएको भए पनि सर्वोच्चले दुवै पक्षको कुरा सुनेर मात्रै अन्तरिम आदेशबारे निर्णय लिने सर्वोच्चले जनाएको छ ।



प्रतिक्रिया दिनुहोस्