Logo

अशोक राईको दाबी : कानूनसम्मत् रुपमा पार्टी दर्ता भएको छ, कसैले कानूनी चूनौति दिए स्विकार्य छ



काठमाडौं, २७ बैशाख । जनता समाजवादी पार्टीका अध्यक्ष अशोक राईले आफूहरुले कानून र संविधानसम्मत् रुपमा पार्टी दर्ता गराएको भन्दै कसैले कानूनी चूनौति दिए सामाना गर्ने स्पष्ट पारेका छन् । जनता समाजवादी पार्टी, नेपालबाट विभाजित भएर नयाँ दल दर्ता गराएपछि आज (बिहीबार) पहिलोपटक पत्रकार सम्मेलन गर्दै राईले यस्तो बताएका हुन् ।

उपेन्द्र यादवले पार्टी विभाजनको विरुद्धमा अदालत जाने भनेर गरेको घोषणाको सम्बन्धमा अध्यक्ष राईले अदालतको ढोका सबैको लागि खुला रहेको भन्दै उक्त चूनौति स्विकार्य रहेको स्पष्ट पारे । उनले भने,‘निर्वाचन आयोगजस्तो संवैधानिक अंगले कानूनविद्हरुको बहससमेत गराएर सहमति, स्विकृति दिने र दर्ता गर्ने काम भयो । उहाँहरु जान सक्नुहुन्छ । सबैको निम्ति अदालतको ढोका खुला छ । कानूनसम्मत् हाम्रो पार्टी दर्ता भएको छ ।’



प्रतिक्रिया दिनुहोस्

Screenshot