Logo

सर्वोच्चल अदालतको आदेश : २ दिनभित्र देउवालाई प्रधानमन्त्री बनाउनु, ७ दिनभित्र संसद् बोलाउनु



काठमाडौं, २८ असार । भोलि (मंगलबार) ७ बजेभित्र कांग्रेस सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री नियुक्त गर्नको लागि सर्वोच्च अदालतले राष्ट्रपतिको नाममा परमादेश जारी गरेको छ। संवैधानिक इजलासले प्रतिनिधिसभा विघटनविरुद्धको रिटमा फैसला गर्दै अदालतले यस्तो आदेश दिएको हो ।

त्यस्तै, अदालतले प्रतिनिधिसभा विघटन गर्ने राष्ट्रपतिको निर्णयलाई पनि बदर गरिदिएको छ । सर्वोच्चले ७ दिनभित्र प्रतिनिध सभा बैठक बोलाउनसमेत आदेश जारी गरेको छ। संवैधानिक इजलासमा प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबरासहित न्यायाधीशहरु दीपककुमार कार्की, मीरा खड्का, ईश्वरप्रसाद खतिवडा र आनन्दमोहन भट्टराई छन् ।

 



प्रतिक्रिया दिनुहोस्

Screenshot