Logo

जसपाको ठाकुर पक्षले पनि प्रधानमन्त्री देउवालाई विश्वासको मत दिने



काठमाडौं, ३ साउन । जनता समाजवादी पार्टी, नेपालको महन्थ ठाकुर पक्षले पनि प्रधानमन्त्री शेरबहादुर देउवालाई विश्वासको मत दिने निर्णय गरेको छ । ठाकुरनिकट एक सांसदले दिएको जानकारीअनुसार ठाकुर पक्षले पनि प्रधानमन्त्री देउवालाई विश्वासको मत दिने निर्णय भएको हो ।

आफूहरुको माग र मुद्दा सम्बोधन गर्ने प्रतिबद्धता जनाएकोले जसपाको ठाकुर पक्षले पनि विश्वासको मत दिने निर्णय गरेको ती सांसदले जनाए । अहिले ब्रेकपछि सुरु हुने बैठकमा प्रधानमन्त्री देउवाले विश्वासको मत लिँदैछन् । file photo



प्रतिक्रिया दिनुहोस्