Logo

आज निको हुने भन्दा संक्रमणदर दोब्बर



काठमाडौं, १३ साउन । नेपालमा आज कोरोना भाइरसबाट १९ सय ९३ जना संक्रमणमुक्त भएका छन् । हालसम्म ६ लाख ४९ हजार ७२ जना संक्रमणमुक्त भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

आज नेपालमा कोरोना भाइरसका ३ हजार ८ सय ४० जना संक्रमित थपिएसंगै कुल संक्रमितको संख्या ६ लाख ८९ हजार ५ सय १३ पुगेको छ ।

मन्त्रालयको अनुसार आज १५ हजार ८ सय ८ जनाको कोरोना परीक्षणमा गरिएको हो । २४ घन्टामा नेपालमा ३३ जना संक्रमितको निधन भएसँगै कुल मृतकको संख्या ९ हजार ७ सय ९१ पुगेको छ । हिजो (मंगलबार) देशभर ३८९९ जनामा संक्रमित थपिएका थिए भने २० जनाको मृत्यु भएको थियो ।



प्रतिक्रिया दिनुहोस्

Screenshot