Logo

लोकतन्त्रको मर्म बुझेर अघि बढ्न प्रधानमन्त्री देउवालाई प्रदीप गिरीको सुझाव (भिडिओसहित)



काठमाडौं, १५ साउन । नेपाली कांग्रेसका सांसद प्रदीप गिरीले सरकारले जनतालाई कोभिडविरुद्धको खोप समयमै उपलब्ध गराउनुपर्नेमा जोड दिएका छन् । आज (शुक्रबार) प्रतिनिधिसभाको बैठकको विशेष समयमा बोल्दै उनले यस्तो बताएका हुन् । विगतका कमजोरीहरुबाट सबैले सिक्नुपर्नेमा उनले जोड दिए । उनले लोकतन्त्र भनेको पाँच वर्षको चुनावमात्रै नभएको पनि उल्लेख गरेका छन् ।

उनले लोकतन्त्र भनेको संख्यामात्रै होईन भनेर आफूले तत्कालिन् प्रधानमन्त्री केपी शर्मा ओलीलाई चूनौति दिएको पनि स्मरण गराए । उनले वर्तमान सरकारले पनि लोकतन्त्रको मर्मलाई बुझेर अघि बढ्नुपर्नेमा जोड दिए । उनले वर्तमान सरकारलाई समय लिएर भएपनि आफ्ना लक्ष्यका बारेमा स्पष्ट हुन पनि आग्रह गरेका छन् । उनले प्रधानमन्त्री शेबरहादुर देउवालाई गिरिजा प्रसाद कोइरालाबाट सिक्नपनि आग्रह गरेका छन् । उनले वर्तमान सरकारलाई असफल हुने छुट नभएको जिकिर गरे । र, सोहीअनुसार सरकारले आफ्नो कदम चाल्नुपर्नेमा उनको जोड छ ।



प्रतिक्रिया दिनुहोस्

Screenshot