Logo

भीजी अटोमोबाइल्सले नेपालमा ल्यायो बीएस ६ प्रविधिको सुजुकी एक्सेस स्कुटर



काठमाडौ । नेपालका लागि स्कुटरको आधिकारिक आयातकर्ता सुजुकी मोटरसाइकल वितरक भीजी अटोमोबाइल्स प्रालिले बीएस ६ प्रविधिको सुजुकी एक्सेस स्कुटर नेपाली बजारमा ल्याएको छ ।

उक्त स्कुटर सुजुकीको बहुप्रतीक्षित स्कुटर हो । यो भारतीय बजारमा टप ३ मा रहन सफल स्कुटर मध्येमा पर्दछ । सुजकी एक्सेस स्कुटर विगतमा नेपालमा पनि धेरै मध्यम वर्गकाबीच र व्यावसायिक प्रयोजनका लागि धेरैले मन पराएको स्कुटर हो ।

एक्सेस स्कुटरमा आगाडी ग्यास सिलिन्डर अटाउने, फराकिलो सिट तथा आरामदाइ यात्रा हुनुका साथै यसमा अगाडिको भागमा स्टिलको कभर समेत रहेको छ । यसले गर्दा यो दैनिक प्रयोजनका लागि निकै नै उपयोगी रहेको छ भने यसको मर्मत खर्च पनि अरुभन्दा कम आउने कम्पनीको दावी छ ।

हाल नेपालमा भित्रिएको सुजुकी एक्सेस १२५ स्कुटरमा फोर स्ट्रोक सिंगल सिलिन्डर एयरकुल्ड जडित इन्जिन प्रयोग गरिएको जनाएको छ । स्कुटरमा नयाँ परिमार्जित एक्सेस १२५ स्कुटरमा भारत स्टेज ६ अर्थात बीएस ६ प्रविधि जडान गरिएको छ भने एफआई प्रविधि समेत रहेको हुँदा उत्कृष्ट माइलेज आउने आकलन गर्न सकिन्छ ।

कम्पनीको अनुसार २ भल्वयुक्त इन्जिन प्रयोग भएको यस स्कुटरमा इन्जिनले ६७५० आरपीएममा ८.७ पीएस पावर र ५५०० आरपीएममा १० एनएम टर्क जेनेरेट गर्छ । एलईडी हेडल्याम्प तथा बाहिरबाटै पेट्रोल भर्न सकिने सुबिधाले यसको सजावटमा समेत आकर्षण थपेको छ ।

यसमा सुजुकी स्टार्ट सिस्टम प्रयोग गरियेको छ र किक स्टार्ट दुबै व्यवस्था रहेको सो स्कुटरमा २२ लिटर बराबरको स्टोरेज राखिएको छ भने मोबाइल चार्जिङ प्वाइन्ट समेत जडान गरिएको छ । दुवै चक्कामा अलोय ह्विल प्रयोग गरिएको सो स्कुटरको जम्मा तौल १०३ किलोग्राम रहेको कम्पनीले जनाएको छ ।

१६० एमएमको ग्राउण्ड क्लियरेन्स भएको हुँदा, यो सेग्मेन्ट मै उत्कृष्ट प्रोडोक्ट गनिन्छ । पूर्ण डिजिटल मिटर को साथमा क्लासिक स्टाईल, ईन्जिन डायगनोसिस ब्याट्रि डायगनोसिससहित ट्रिप मिटर तीन कलरमा उपलब्ध छन् ।

सेतो, निलो, खैरो र कालो गरी चार रङमा उपलब्ध सुजुकी एक्सेस स्कुटरमा बढि रुचाइएको रङ भने निलो रहेको छ ।



प्रतिक्रिया दिनुहोस्