काठमाडौं, २२ साउन । जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादव सत्तातिर केन्द्रित भएका छन् । उनी नेतृत्वको जसपा सरकारमा जान ठिक्क परेको छ । जसपाले कति मन्त्रालय पाउने र कुन कुन मन्त्रालय पाउनेबारे कुरा मिलाउन यादव केन्द्रित छ ।
उपेन्द्र पक्षले जसपाको आधिकारिकता पाएपछि उनी हौसिएका छन् । संसदीय दलको नेता समेत बनेका छन् । उपेन्द्र सत्तातिर केन्द्रित भइरहँदा जसपाका अर्का नेता महन्थ ठाकुर भने मधेश झरेका छन् । उनी मधेशका गाउँ गाउँ पुग्न थालेका छन् ।
आफूहरुले केही दिनमै मधेशको अधिकार दिलाउन निकै काम गरेको विज्ञप्ति जारी गरी ठाकुरले दाबी समेत गरेका छन् । सरकारमा सहभागी भएको १८ दिनमै अरुले १८ महिनामा गर्न नसकेको काम गरेर देखाएको दाबी गरे । उनले उपेन्द्र यादवतर्फ इंकित गर्दै १८ महिना सरकारमा बसेर केही गर्न नसकेको टिप्पणी गरेका हुन् ।
जसपा विभाजन नभएपनि महन्थ ठाकुर उपेन्द्र यादवभन्दा फरक ढंगले बढेका छन् । ठाकुर सरकारबाहिर बसेर मधेश झरेका छन् । उनी जनमत हासिल गर्न सक्रिय भएका हुन् । ठाकुर भने सत्तामा केन्द्रित हुने देखिएको छ ।