Logo

डिएसपीसहित ३० प्रहरीमाथि कारबाही हुने



काठमाडौं, २६ साउन । राष्ट्रसंघीय शान्ति मिसनमा खटिने प्रहरीलाई लिइने प्रि स्याट परीक्षामा भएको प्रश्नपत्र चोरीसम्बन्धि अनुसन्धान सकिएको छ । डिआइजी बसन्त लामा नेतृत्वको टोलीले आज (मंगलबार) प्रहरी महानिरीक्षक शैलेश थापा क्षेत्रीलाई प्रतिवेदन बुझाउने भएका छन् ।

छानबिनमा डिएसपीसहित करिब ३० प्रहरीको त्यसमा प्रत्यक्ष अप्रत्यक्ष संलग्नता रहेको जनाइएको छन् । यूएन शाखामा कार्यरत परिचर सुरेश बमले एसपी अनुपमशमशेर जबराको दराजबाट प्रश्नपत्र चोरी गरेका थिए। त्यसका योजनाकार हवल्दार कुमार शाह थिए । यूएन शाखामा ८ वर्ष काम गरेका शाहले नै त्यो योजना बनाएका थिए ।

शाहले डिएसपी रुपेश खड्का लगायतलाई प्रश्नपत्र दिएका थिए । प्रश्नपत्र पाउँदा पनि उनले गोप्य राखेको र अरुलाई पनि दिइएको खुलेपछि उनी पनि कारबाहीमा पर्ने निश्चित भएको छ । त्यसरी प्रश्नपत्र पाएर पनि खबर नगर्ने अन्य ३० प्रहरीमाथि कारबाही हुन लागेको छ । हवल्दार शाहले केही प्रहरीलाई पैसाको डिल गरेर प्रश्नपत्र दिएको खुलेको छ ।-File photo



प्रतिक्रिया दिनुहोस्

Screenshot