Logo

ब्राजिलमा कति छन् कोरोना संक्रमित



काठमाडौं, ३१ साउन । विश्वभर हाल २० करोड ७५ लाख बढी कोरोना संक्रमितको संख्या रहेको छ । संक्रमितको संख्या उच्च भएको पहिलो राष्ट्र अमेरिकामा हाल ३८ लाख ५ हजार जनाको उपचार भैरहेको छ भने ३ करोड ७४ लाख ३५ हजार ८ सय ३५ जना संक्रमितको संख्या रहेको छ । त्यस्तै, ६ लाख ३७ हजार बढीको संक्रमणबाट मृत्यु भईसकेको छ ।

अमेरिका पछि संक्रमणबाट मृत्यु धेरै हुनेमा ब्राजिल रहेको छ । हालसम्म ब्राजिलमा २ करोड ३ लाख ५० हजार १४२ जना संक्रमित रहेका छन् भने कुल संक्रमित मध्ये १ करोड ९१ हजार ९५ हजार ५ सय १४ जना उपचारको क्रममा छन् । त्यस्तै, ५ लाख ६८ हजार ८ सय ३३ जनाको हालसम्म निधन भएको वल्डोमिटरले जनाएको छ । ८ हजार ३ सय १८ जनाको गम्भिर अवस्थामा उपचार भैरहेको छ ।

विश्वभर २० करोड ७५ लाख ४६ हजार ९ सय ३५ कोरोना संक्रमितको संख्या रहेको छ । यसैगरी, संसारभर ४३ लाख ६७ हजार ४३१ जनाले संक्रमणबाट ज्यान गुमाइसकेका छन् भने कुल संक्रमित मध्ये १८ करोड ६० लाख ४४ हजार ४ सय ३ निको भएको छन् । त्यस्तै, १ करोड ७१ लाख ३५ हजार १०१ जना संक्रमितको उपचार भैरहेको छ ।



प्रतिक्रिया दिनुहोस्

Screenshot