Logo

सन्दीपले सिपिएल पनि गुमाउने



काठमाडौं, १ भदौ । नेपाली राष्ट्रिय टिमका लेग स्पिनर सन्दीप लामिछानेले क्यारेवियन प्रिमियर लिग (सिपिएल) गुमाउने भएका छन् । नेपाल र पपुवा न्युगिनी (पीएनजी) बीचको मैत्रीपुर्ण एकदिवसिय खेलको तालिका सार्वजनिक भएको छ भने ओमान र अमेरीका सम्मिलित त्रिकोणाात्मक सिरिजका कारण सन्दीपले क्यारेवियन प्रिमियर लिग गुमाउने भएका हुन ।

सन्दीप पाकिस्तान सुपर लिगमा पनि कोभिड–१९ का कारण लिग स्थगित हुँदा पाकिस्तान पुगेर फर्कीएका थिए । त्यसपछि भिसा समस्याका कारण इंग्ल्यान्डका दुईवटा टि–२० ब्लास्ट र द हन्डे«ड लिग गुमाउन पुगेका थिए । क्यारेबियन प्रिमियर लिग अगस्ट २६ तारिख देखि सेप्टेम्बर १५ सम्म चल्नेछ । ट्रिनबागो नाइट राइडर्सले सन्दीपलाई अनुबन्ध गरेको थियो ।-File Photo



प्रतिक्रिया दिनुहोस्

Screenshot