Logo

काबुल फर्किन थाले कतारमा लुकेर बसेका अफगानी नेता



काठमाडौं, भदौ २ । अफगानिस्तानमा तालिबानको नियन्त्रण कायम भएपछि उक्त समूहका उच्च नेतृत्वमा रहेका नेताहरू कतारबाट स्वदेश फर्केका छन् । स्वदेश फर्किनेमध्ये कतिपय नेताहरूले कतारमा निर्वासित जीवन बिताइरहेका थिए ।

तालिबानका संस्थापकमध्येका एकजना नेता मुल्लाह अब्दुल गनी बरादर पनि अफगानिस्तान पुगेका छन् । अमेरिकी सैन्य फिर्तीबारे भएका वार्ताहरूमा महिनौँ नेतृत्व गरेका उनको स्वदेश फिर्तीलाई एउटा नाटकीय पुनरागमनको सङ्केतका रूपमा लिइएको छ ।

उनी स्वदेश फर्कने क्रममा कान्दहार विमानस्थलनमा उत्रिएका हुन् । कान्दहार तालिबानकै शब्दमा उनीहरूको पवित्र उद्गमस्थल हो । २० वर्षअघि अमेरिकी फौजले तालिबानलाई हटाउनु अघिसम्म कान्दहार उनीहरूको महत्वपूर्ण आधार क्षेत्र रहेको थियो ।

कान्दहार विमानस्थलबाट उनी कारमा बसेर बाहिरिँदा उनको स्वागत गर्न कैयौँ मानिसहरू आएको देखिने भिडियो फुटेजहरू बाहिरिएका छन् ।



प्रतिक्रिया दिनुहोस्