Logo

मेस्सीको पिएसजी डेब्यु लम्बियो



एजेन्सी,४ भदौ । लियोनल मेस्सीलाई पिएसजीको जर्सीमा खेलेको हेर्ने उनका समर्थकले अझै केही समय कुर्नुपर्ने भएको छ । प्रशिक्षक माउरिसियो पोटेटिन्होले शुक्रबार साँझ बेरस्टविरुद्ध हुने खेलमा मेस्सीको नाम टोलीमा समावेश गरेका छैनन् । योसँगै मेस्सीको पिएसजीको खेलमा डेब्यु अझै केही दिन लम्बिएको हो ।

आज हुने खेलमा नेइमार र लियन्द्रो पेरेडेसको पनि देखिने छैनन् । मेस्सी ‘लिग वान’को चौथौ खेलमा स्टेडे डि रेइम्सविरुद्ध उत्रनसक्ने अपेक्षा गरिएको छ । हालैमात्र मेस्सी बार्सिलोना सँगको लामो यात्रा तोड्दै पिएसजीमा अनुबन्धित भएका थिए ।-Photo: Agency



प्रतिक्रिया दिनुहोस्

Screenshot