Logo

नेपाली राष्ट्रिय क्रिकेट टिमका मुख्य प्रशिक्षक ह्वाटमोरको अकस्मात राजिनामा



काठमाडौं, १२ भदौ । नेपाली राष्ट्रिय क्रिकेट टिमका मुख्य प्रशिक्षक डेव ह्वाटमोरले शुक्रबार अकस्मात पदबाट राजीनामा दिएका छन् । आईसीसी विश्वकप क्रिकेट लिग–२ अन्तर्गत खेलामा सहभागी हुन नेपाल ओमान र अमेरिकासँगको त्रिकोणात्मक एकदिवसीय सिरिजका लागि ओमान पुगेको छ ।

एक वर्षका लागि मुख्य प्रशिक्षक नियुक्त भएका ह्वाटमोरले सम्झौता नसकिदै राजीनामा दिएपछि क्रिकेट क्षेत्र तरंगित बनेको छ । ओमान भ्रमण लगत्तै ह्वाटमोर राष्ट्रिय क्रिकेट टिमको जिम्मेवारीबाट बाहिरिनेछन् ।

खुल्ला प्रतिस्पर्धाबाट मुख्य प्रशिक्षक चुनिएका ह्वाटमोरको राजीनामाको कारणबारे धेरैको चाँसोको विषय समेत बनेको छ । ह्वाटमोरको नेतृत्वमा नेपालले घरेलु मैदानमा नेदरल्यान्ड्स र मलेसिया सम्मलित त्रिकोणात्मक टी–ट्वान्टी क्रिकेट सिरिजको उपाधि जितेको थियो ।-File Photo



प्रतिक्रिया दिनुहोस्