Logo

कांग्रेस महाधिवेशनः ५३ जिल्लाको सूची सार्वजनिक



काठमाडौं, भदौ १३। कांग्रेसले ७७वटै जिल्लाका क्रियाशील सदस्यताको सूची सार्वजनिक गर्ने भएको छ । क्रियाशील सदस्यताको विवाद किनारा लगाउँदै बढीमा दुई/तीन दिनभित्र सबै जिल्लाको सूची वेबसाइटमा सार्वजनिक गरिने जानकारी कांग्रेसले दिएको छ ।

पार्टीका मुख्यसचिव कृष्णप्रसाद पौडेलले विवादको छिनोफानो गर्दै सदस्यताको सूची सार्वजनिक गरिने जानकारी दिए । यसक्रममा शनिबार क्रियाशील सदस्यताको विवादको छिनोफानो भएका थप पाँच जिल्लाको सूचीलाई कांग्रेसले वेबसाइटमा अद्यावधिक गरेको छ । नुवाकोट, चितवन, धादिङ, ललितपुर र अर्घाखाँची जिल्लाका क्रियाशील सदस्यताको सूची सार्वजनिक गरिएको हो । ती जिल्लामा निर्वाचन अधिकृतसमेत खटाइएको छ ।

यसअघि कांग्रेसले भदौ १० गते ३८ जिल्ला र ११ गते थप १० जिल्ला गरी ४८ जिल्लाको सदस्यता सूची सार्वजनिक गरेको थियो । शनिबार पाँच जिल्लाको सूची सार्वजनिक भएपछि अब २४ जिल्लाको क्रियाशील सदस्यताको टुङ्गो लाग्न बाँकी छ । पार्टीले विवाद मिलेका जिल्लाको सूची केन्द्रीय निर्वाचन समितिमार्फत सार्वजनिक गर्ने गरेको छ । आजको गोरखापत्र दैनिकबाट



प्रतिक्रिया दिनुहोस्

Screenshot