Logo

नेपाली बलर चम्किंदा पीएनजीले दियो सामान्य लक्ष्य



काठमाडौं, २२ भदौ । पपुवा न्युगिनी (पीएनजी) विरुद्धको पहिलो एकदिवसीय अन्तराष्ट्रिय खेलमा नेपाली बलर चँम्किदा नेपाललाई पीएनजीले सामान्य लक्ष्य दिएको छ ।ओमानको अल अमिरात क्रिकेट मैदानमा भएको खेलमा पीएनजीले नेपाललाई १ सय ३५ रनको लक्ष्य दिएको छ ।

पीएनजीले ३३ ओभरमा अलआउट हुँदै १ सय ३४ रन बनाएको हो ।पीएनजीका लिगा सिआकाले सर्वाधिक ३० रन बनाए । त्यस्तै चार्लेस अमिनीले २३ रन जोड्दा गौडी टोकाले २२ रन बनाए । साथै, कप्तान असाद भाला ४ रनमा पेभेलियन फर्किए भने चाड सोपेर १७ रनमा अविजित रहे ।

नेपालका लागी सन्दीप लामिछानेले ४ विकेट लिए भने डेब्यु खेलाडी बिक्रम सोब र कुशल मल्लले २÷२ विकेट लिए । त्यस्तै, सोमपाल कामीले एक विकेट लिए ।दुई खेलको सिरिज अन्तर्गत नेपालले आज पीएनजीसँग पहिलो खेल खेलिरहेको छ ।-File Photo



प्रतिक्रिया दिनुहोस्

Screenshot