Logo

दुई युवती एक युवकसँग प्रेममा चुर्लुम्म, एउटै मण्डपमा विवाह



एजेन्सी, २२ भदौ । कसैको मायामा परेपछि आफुले माया गरेको व्यक्ति अरु कसैको भएको देख्न सक्दैन् । तर, भारतको छत्तिसगढको बस्तरमा एक अनौठो घटना भएको छ । जुन दृश्यले मायाको परिभाषा नै बदलिएको छ । एक युवकले २ प्रेमिका युवतीसँग एउटै मण्डपमा विवाह गरेका हुन् । तर युवतीहरुमा एक आपसमा आक्रोस देखिदैन् । अहिले ३ जनाले एकसाथ जिन्दगी बिताउन थालेका छन् ।

युवकको नाम चन्दु हो । उनी ३ वर्ष पहिले युवक तोकापाल इलाकामन बिजुलीको पोल लगाउन गएका थिए । सोही क्रममा २१ वर्षीया युवती कश्यपसँग भेट भयो । दुईबीच मित्रता हुँदै पछि मायामा परिणत भयो । उनीहरु मायामा परेको करिब १ वर्ष पछि समय अर्कैतिर मोडियो ।

युवकको फेरी अर्की युवती २० वर्षीया हसीना बघेलसँग भेट भयोे । हसिनाले पनि युवकलाई भविष्यको पार्टनर देख्न थालिन् । चन्दु उनीसँग नजिकिदै गए । य्ुवकले हसिनाको बारेमा बताए तर उनले सहजै स्विकार गरिन् । दुई प्रेमिकालाई धोका दिन नचाहेपछि उनले भेट गराउने योजना बनाए । भेटमा सबै कुराको जानकारी दिए । यो सबै थाहा पाएर दुई प्रेमिका खासै दुखी नै भएनन् । उनीहरु दुवैले चन्दुसँग विवाह गर्न चाहेका थिए । दुवै युवती युवकको घरमा विवाह पहिल्यै पुगे ।

अहिले गाउँ समाजले विरोध गर्दा गर्दै पनि समाजकै अगाडी उनीहरुले विवाह गरेका छन् । समाजका मानिसहरुले आर्शिवाद दिएर नयाँ जीवनको कामना गरेका छन् ।



प्रतिक्रिया दिनुहोस्

Screenshot