Logo

नयाँ नोट साटेपछिको खुशी (फोटोफिचर)



काठमाडौं, ४ असोज । नेपाल राष्ट्र बैङ्कले आजदेखि दशैं/तिहारका लागि नयाँ नोटको वितरण सुरु गरेको छ । राष्ट्र बैङ्कले आफ्नो केन्द्रीय कार्यालयसँगै प्रादेशिक र अन्य कार्यमार्फत नयाँ नोटको वितरण सुरु गरेको हो । राष्ट्र बैङ्कका केन्द्रीय, प्रादेशिक र अन्य कार्यालयसँगै इजाजत पत्र बैङ्क तथा वित्तीय संस्थाले तोकेको शाखामार्फत समेत नयाँ नोट साट्न सकिन्छ । यस पटकको दसैँमा सर्वसाधारणले प्रतिव्यक्ति १८ हजार ५०० रुपैयाँका दरले नयाँ नोट साट्न पाउँछन् ।

केन्द्रीय बैङ्कले आजदेखि साट्न मिल्नेगरि बजारमा करिब ३५ अर्ब बराबरको ५, १०, २०, ५० र १०० रुपैयाँ दरका नयाँ नोट पठाएको छ । प्रत्येक वर्षको दसैँमा नयाँ नोट वितरण गर्दै आएको केन्द्रीय बैङ्कले गत वर्ष भने कोरोना महामारीका कारण वितरण गरेको थिएन । तस्विर : मुकुन्द कालिकोटे, रिपोर्टर्स नेपाल डटकम



प्रतिक्रिया दिनुहोस्

Screenshot