Logo

आइसल्याण्डको संसदमा इतिहास मै पहिलो पटक महिलाको बहुमत



एजेन्सी, ११ असोज। युरोपको इतिहासमा नै पहिलो पटक आइसल्यान्डको नयाँ संसदमा आधाभन्दा बढी सिटमा महिला सदस्य विजयी बनेका छन् । आइसल्याण्डमा सम्पन्न निर्वाचनको आइतबार सार्वजनिक गरिएको अन्तिम चुनावी परिणामले त्यहाँको संसदमा बहुमत सदस्य पुगेका देखाएको छ ।

आइसल्याण्डको संसद (अल्थिङ) का ६३ सिटमध्ये ३३ सिट अर्थात् ५२.३८ प्रतिशत सीटमा महिलाको विजय भएको हो । विश्व बैंकका अनुसार अहिलेसम्म अन्य कुनै पनि युरोपेली मुलुकमा ५० प्रतिशतभन्दा बढी महिला कानून निर्माण गर्ने तह संसदमा पुगेका छैनन् ।

यस पहिले स्वीडेनमा ४७ प्रतिशतको नजिक महिला सांसदको प्रतिनिधित्व बनाउन सफल भएपनि उक्त रेकर्डलाई आइसल्याण्डले तोडिदिएको छ । महिलाहरुको बहुमत रहेको मुलुक रुवान्डा, क्युबा, निकारागुआ, मेक्सिको र युएईको रेसमा आइसल्याण्ड सामिल भएको छ।-Photo: Agency



प्रतिक्रिया दिनुहोस्