Logo

काठमाडौंबाट मन्त्री बन्नेमा राजन कि भीमसेनदास ?



काठमाडौं, १३ असोज । नेपाली काँग्रेसबाट मन्त्री बन्ने सम्भावितमा राजन केसी र भीमसेनदास प्रधान पनि परेका छन् । दुवै काठमाडौंबाट निर्वाचित सांसद हुन् ।

राजन केसीले प्रचण्डलाई चुनाव हराएर चर्चा बटुलेका थिए । उनी मन्त्री भइसकेका छन् । प्रधान पनि मन्त्री भइसकेका छन् ।

केसी पूर्वमहामन्त्री प्रकाशमान सिंह निकट हुन् । सिंहले उनको पक्षमा अडान कसेका छन् ।

प्रधान पूर्वमहामन्त्री कृष्णप्रसाद सिटौला पक्षधर हुन् । सिटौलाले भने प्रधानको साटो उमाकान्त चौधरीलाई बढाउने सम्भावना बढेको छ ।

प्रधान मन्त्री नबनाइए केसीको सम्भावना बढ्न सक्छ । काठमाडौं उपत्यकाबाट कुनैपनि सांसद मन्त्री नबनाइए सन्देश राम्रो नजाने हुँदा पनि प्रधानमन्त्री शेरबहादुर देउवाले नै केसी या प्रधानमध्ये एकलाई बनाउन पहल गर्ने सम्भावना हुनसक्छ । विशेषगरी प्रधानको सम्भावना बढ्न सक्छ ।



प्रतिक्रिया दिनुहोस्

Screenshot