Logo

च्याम्पियन्स लिगमा लिभरपुलको फराकिलो जित



काठमाडौं, १३ असोज । यूईएफए च्याम्पियन्स लिग फुटबलमा इंग्लिस क्लब लिभरपुलले एफसी पोर्टोमाथि फराकिलो जित निकालेको छ ।
मंगलबार राति भएको खेलमा लिभरपुलले पोर्टोलाई ५–१ गोल अन्तरले पराजित गरेको हो ।

पोर्टोको घरेलु मैदानमा भएको खेलमा मोहमद सलाहले १८औं मिनेटमा गोल गर्दै लिभरपुललाई सुरुवाती अग्रता दिलाएका थिए । खेलको ४५ औं मिनेटमा साडियो मानेले गोल गर्दै लिभरपुलको अग्रता दोब्बर बनाए । ६०औं मिनेटमा मोहम्मद सलाहले व्यक्तिगत गोल गर्दा लिभरपुलको अग्रता तेब्बर बन्यो ।

खेलको ७४औं मिनेटमा मेहदी तारेमीले गोल गर्दै पोर्टोलाई ३–१ को स्थितिमा ल्याए । ७७औं मिनेटमा रोबर्टो फिर्मिनोले गोल गर्दा लिभरपुल ४–१ ले अघि रह्यो । साथै खेलको ८१औं मिनेटमा फिर्मिनोले व्यक्तिगत दोस्रो गोल गर्दै लिभरपुललाई ५–१ ले विजयी बनाए । जितसँगै लिभरपुल २ खेलमा ६ अंक जोड्दै शीर्ष स्थानमा रहेको छ । पोर्टो १ अंक जोडेर तेस्रो स्थानमा रहेको छ ।



प्रतिक्रिया दिनुहोस्

Screenshot