Logo

कछुवाको खपेटा सहित ३ जना पक्राउ



कास्की, १३ असोज । कछुवाको खपेटा सहित ३ जना पक्राउ परेका छन् । पोखरा महानगरपालिका–३२ मझुवास्थित सडकबाट १ थान कछुवाको खपेटा सहित ३ जनालाई मंगलबार बिहान प्रहरीले पक्राउ गरेको हो ।

पक्राउ पर्नेहरूमा भारत घर भई स्याङ्जा गल्याङ बजार बस्ने १९ वर्षीय पिन्टु सहनी, २० वर्षीय देवनाथ सहनी र १८ वर्षीय किशोर रहेका छन् । रौतहटको गौरबाट पोखरातर्फ आउँदै गरेको ना।५ ख ४९९२ नम्बरको बसलाई जिल्ला प्रहरी कार्यालय कास्कीबाट खटिएको प्रहरीले जाँच गर्नेक्रममा बसमा सवार उनीहरूलाई उक्त खपेटा सहित फेला पारी पक्राउ गरेको बताएको छ । उनीहरूलाई आवश्यक कारबाहीका लागी डिभिजन वन कार्यालय कास्कीमा पठाएको जिल्ला प्रहरी कार्यालय कास्कीले जनाएको छ ।



प्रतिक्रिया दिनुहोस्

Screenshot