Logo

नेपाल फाइनान्सको हकप्रद सेयर निष्काशनका लागि बिक्री प्रबन्धकमा प्रभु क्यापिटल



काठमाडौं, १३ असोज । नेपाल फाइनान्स लिमिटेडले हकप्रद निष्काशनका लागि प्रभु क्यापिटल लिमिटेडलाई शेयर निष्काशन तथा बिक्री प्रबन्धकको जिम्मेवारी दिएको छ ।

नेपाल फाइनान्स लिमिटेडका तर्फबाट प्रमुख कार्यकारी अधिकृत उद्धवराज थपलिया तथा प्रभु क्यापिटल लिमिटेडका तर्फबाट प्रबन्ध निर्देशक दिनेश थकालीले हस्ताक्षर गरेका हुन् ।

हाल कायम चुक्ता पूँजी ४९ करोड ३४ लाख ९६ हजार ३ सय २५ रुपैयाँको ७० प्रतिशत हकप्रद शेयर निष्काशन गर्ने तयारी कम्पनीले लिएको छ।

 



प्रतिक्रिया दिनुहोस्

Screenshot