Logo

दशैँको अवसरमा लघुचलचित्र ‘छोरी’ प्रर्दशनमा आउँदै



काठमाडौं, असोज १४ । परिवारबाट टाढाँ हुँदाको पीडालाई समेटिएर १५ मिनेटको लघुचलचित्र निमार्ण भएको छ । अमेरिकामा रहेकी छोरी र नेपालमा रहेका बाबुबीच भेट नहुँदाको पीडा समेटेर निमार्ण गरिएको लघुचलचित्र ‘छोरी’ वसन्त पोखरेलको लेखन र निर्देशनमा बनेको हो ।

निर्देशक पोखरेलले अमेरिकामा प्रशस्त सम्पत्ति भएर पनि दशैं, तिहार, तिजजस्ता नेपालीहरुको महान चार्डपर्व मनाउन नपाएकी एउटी छोरी र नेपालमा सम्पत्ति भएर पनि आफन्त, परिवार र आफ्नो सन्तान आफु सँग नभएको बाबुको पीडालाई फिल्ममा उतारेका हुन् ।

फिल्मका प्रस्तुतकर्ता सुरेन्द्र थापा रहेका छन् । सुवासप्रसाद पाण्डे निर्माता र नमराज भण्डारी कार्यकारी निर्माता रहेको फिल्ममा वसन्तसँगै सरिता भुजेल, अजय पन्त र सुरेन्द्र थापालगायतका कलाकारको अभिनय छ ।

फिल्ममा गौतमराज खड्काको ग्राफिक्स र सम्पादन, ज्ञानु राईको छायांकन, मनोजराज बाहकको ध्वनी, सौगात बस्नेतको मुख्य सहायक निर्देशन र मिनाक्षी भट्टराईको श्रृंगार रहेको छ । फिल्म दशैँको अवसर पारेर डिजिटल प्रविधिबाट रिलिज हुने तयारीमा छ ।



प्रतिक्रिया दिनुहोस्

Screenshot