Logo

कम रक्तचापका कारण अभिनेत्री श्वेता तिवारी अस्पताल भर्ना



एजेन्सी, १४ असोज। अभिनेत्री श्वेता तिवारी शारीरिक शिथिलता र कम रक्तचापका कारण मुम्बईको अस्पतालमा भर्ना भएकी छिन् । उनको टिमले यस विषयमा जानकारी गराएका हुन् । श्वेता हालैमात्र टेलिभिजन रियालिटी शो ‘खतरों के खिलाडी ११’मा देखिएकी थिइन् । गत साता उनी शोको फिनालेमा पनि उपस्थित थिइन् । उनले उपाधि नजिते पनि आफूलाई उत्कृष्ट ६ मा पुर्याएकी थिइन् । उनको स्वास्थ्य अवस्थालाई लिएर उनको टिमले एक आधिकारिक विज्ञप्ति जारी गरेको छ ।

‘हामीलाई श्वेता तिवारीको स्वास्थ्य अवस्थालाई लिएर धेरै फोन र सन्देश आइरहेको छ । श्वेतालाई शारीरिक शिथिलता र कम रक्तचापका कारण अस्पतालमा भर्ना गरिएको यहाँहरुलाई सूचित गरिन्छ । लगातार यात्रा गर्नु, मौसमको बदलाव र पूर्ण रुपमा आराम गर्न नपाएका कारण श्वेताको स्वास्थ्यमा समस्या आएपछि अस्पताल भर्ना गरिएको हो । उनको स्वास्थ्यमा सुधार आइरहेको छ । आशा छ उनी चाँडै डिस्चार्ज हुनेछिन्’, विज्ञप्तीमा उल्लेख छ ।-Photo Source: Instagram/Shweta Tiwari



प्रतिक्रिया दिनुहोस्

Screenshot