Logo

नायिका रञ्जना शर्मा आमा बन्दै



काठमाडौं, १४ असोज । नायिका रञ्जना शर्मा आमा बन्ने भएकी छिन् । १ वर्ष अघि निकेश सिलवालसँग कानुनी रुपमा दोस्रो विवाह गरेकी रञ्जनाले सामाजिक सञ्जाल मार्फत आमा बन्न लागेको जानकारी दिएकी हुन् । उनले आज बेबी बम्प सहितको एक तस्वीर सार्वजनिक गरेकी छिन् ।

शर्माले पहिलोपटक निर्देशक श्याम भट्टराईसँग २००६ मा विवाह गरेकी थिइन् । तर उनी अमेरिका गएसँगै दुईबीचको सम्बन्ध बिग्रिएपछि ३ वर्ष अगाडी सम्बन्ध विच्छेद भएको हो ।

सम्बन्ध विच्छेद अघि नै रञ्जना निकेशको प्रेममा परेकी थिइन् । उनले गहना टेलिफिल्म मार्फत अभिनयमा प्रवेश गरेकी थिइन् । उनले कन्यादान, सलाम छ मायालाई, मायाको चिनो, मौसम लगायतका फिल्ममा अभिनय गरेकी छिन् । उनी ४ वर्ष अगाडी नेपाल आएकी थिइन् ।

 



प्रतिक्रिया दिनुहोस्

Screenshot