Logo

बलिउड अभिनेत्री करिना कपुरको कति छ सम्पत्ति ? (तस्विरसहित)



एजेन्सी, १४ असोज । बलिउडकी चर्चित अभिनेत्री हुन्- करिना कपुर । उनी अभिनित अधिकांश फिल्म हिट भएका छन् । बलिउडका हस्तीहरु शाहरुख खान, आमिर खान, सलमान खानदेखि ठुला कलाकारहरुसँग करिनाले काम गरेकी छिन् ।

करिनाले वार्षिक रुपमा १० देखि २० करोड आम्दानी गर्छिन् । त्यस्तै, उनले प्रति फिल्म ७ देखि १० करोड रुपैयाँ पारिश्रमिक लिने गर्छिन् । फिल्मको साथै उनले ब्रान्ड एम्बास्डर, रेडियो शो, स्टेज शोबाट पनि आम्दानी गर्छिन् । एक रिपोर्टको अनुसार करिनाको नेट वर्थ ४ सय ५० करोडको वरिपरि छ ।

उनको मुम्बई नजिकै ४ बिएचको अपार्टमेन्ट छ जसको मुल्य लगभग ४८ करोड रुपैयाँ हो । स्विजरल्यान्डमा पनि करिनाको घर छ जसको मुल्य ३३ करोड रुपैयाँ हो ।

यसैगरी, करिनासँग मर्सिडिज बेन्ज एस क्लास, आडी क्यु ७, रेन्ज रावर स्पोर्ट्स एसयुवी र लेक्सेस एल एक्स ४७० गाडी पनि छन् । जसको मुल्य ६ करोड रुपैयाँ भन्दा बढी पर्छ ।

 



प्रतिक्रिया दिनुहोस्

Screenshot