Logo

दशैंमा रिलिज डेट तोकेका साथीहरुले आँट गर्नुपर्थ्यो : दिपक राज गिरी



काठमडौं, १४ असोज । कलाकार तथा निर्माता दीपकराज गिरीले अहिलेको संकटमा नेपाली चलचित्र चलाउन विदेशी फिल्म नै चाहिएको भन्दै दुख व्यक्त गरेका छन् ।

सामाजिक सञ्जाल फेसबुकमा लेख्दै कलकार दिपकले कमसेम रिलिज डेट तोकेकाहरुले चलचित्र रिलिज गर्न आँट गर्नुपर्ने बताएका छन् ।

उनले लेखेका छन्, ‘अहिलेको संकटमा हामीलाई हल चलाउन विदेशी फिल्म नै चाहियो, कमसेकम दसैंमा रिलिज गर्ने डेट तोकेर तयार भएर बसेका साथीहरुले त आँट गर्नुपर्ने थियो नि । सहज हुँदा त एक आपसमा भिड्ने अफठ्यारो बेला चाहिँ…’।

सरकारले काठमाडौं उपत्यकामा सिनेमा हल खोल्ने अनुमति दिईसकेको छ । तर, ५० प्रतिशत अकुपेन्सीमा मात्रै सिनेमा हल चलाउन पाइने र देशभरका हल पनि नखुलेका कारण देखाउदै निर्माताहरुले चलचित्र बजारमा ल्याउन सकिरहेका छैन् ।



प्रतिक्रिया दिनुहोस्

Screenshot