Logo

फलामजन्य पद्धार्थ उत्पादन गर्न आवश्यक कच्चा पद्धार्थमा लगाइएको भन्सार शुल्कको निर्णय सच्याउन माग



काठमाडौं, १५ असोज । राष्ट्रिय उपभोक्ता मञ्चले फलाम तथा फलामजन्य पद्धार्थ उत्पादनमा आवश्यक कच्चा पद्धार्थको भन्सार महसुलमा गरिएको निर्णय सच्याउन आग्रह गरेको छ । मञ्चले गठबन्धनको सरकार गठन पछि अघिल्लो सरकारले अध्यादेशमार्फत प्रस्तुत गरिएको बजेटमा भएका कर नीतिमा भएका त्रुटीहरु सच्चाउन प्रधानमन्त्री शेरबहादुर देउवासँग आग्रह गरेको हो ।

मञ्चले जारी गरिएको विज्ञप्तीमा भनिएको छ–देशको भौतिक पुर्वाधार निर्माणमा अत्यावश्यक पर्ने फलाम तथा फलामजन्य पद्धार्थहरु उत्पादनको लागि आवश्यक पर्ने कच्चा पद्धार्थमा साविकमा बिलेट र स्पन्ज तथा स्क्यापको आयातको आयातमा ४.७५ लाग्दै आएको भन्सार महसुल संशोधन गरी बिलेटको आयातमा ४.७५ भन्सार र २.५० पैसा प्रति किलो अन्तशुल्क कायम गरी, स्पन्ज तथा स्क्यापमा शुन्य प्रतिशत भन्सार महसुल र अन्तशुल्क शुल्य लाग्ने ब्यवस्था गरेकोे बजारमा ३ प्रकारले नकरात्मक असर गर्छ ।



प्रतिक्रिया दिनुहोस्