Logo

ओलीले गरे चीनको खुलेर प्रशंशा



काठमाडौं, १५ असोज । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले चीनको खुलेर प्रशंशा गरेका छन् । आज गोदावरीमा विधान महाधिवेशनमा सम्बोधन गर्दै चीनले विकास र गरिबी निवारणमा अभूतपूर्व सफलता हासिल गरेको भन्दै प्रशंशा गरेका हुन् ।

‘चीनले हासिल गरेको सफलता अभूतपूर्व छ,’ ओलीले भने, ‘चीन विश्वमै उदाहरणीय बनेको छ ।’ समाजवादी मुलुक बन्नेतर्फ सफलता हासिल गरेकोमा चीन र त्यहाँका जनतालाई बधाई छ । उनले नेपाल एक चीन नीतिको पक्षमा रहेको बताए ।

विश्व बहुध्रवीय बन्दै गएको उल्लेख गर्दै ब्रिक्स र क्वाडले चुनौती सृजना गरेको बताए । एशिया प्रसान्त क्षेत्रमा शक्तिशाली देशहरु केन्द्रित हुन थालेको बताए । उनले भने, ‘एशिया प्रशान्त अमेरिकी रणनीति यसै विषयमा लक्षित छ ।’

ओलीले अकस भनिने अमेरिका, बेलायत र अष्ट्रेलियाको सुरक्षासम्बन्धी एलायन्सले तनाव सृजना गरेको टिप्पणी गरेका छन् । उनले एशिया प्रशासन क्षेत्र नयाँ खालको द्वन्द्वको केन्द्र बन्दै गएको बताए ।



प्रतिक्रिया दिनुहोस्