Logo

ब्राजिलका राष्ट्रपति बोल्सोनारोको विरोधमा भव्य जनप्रदर्शन



एजेन्सी, १७ असोज। ब्राजिलका राष्ट्रपति जायर बोल्सोनारो केहि समयदेखि निकै विवादित र चर्चामा भैरहन्छन् । उनको विरोधमा हजारौँको संख्यामा नागरिकहरु सडकमा उत्रिएर प्रदर्शन गरिरहेका छन्। प्रदर्शनकारीले बोल्सोनारोलाई पदबाट हटाउनुपर्ने माग गरेका थिए ।

उक्त प्रदर्शनको आयोजना विपक्षी दलले गरेको हो। शनिबार देशका अधिकांश शहरमा प्रदर्शनको आयोजना गरिएको जनाइएको छ । च्याम्बरमा डेप्युटिजमा बोल्सोनारोमाथि महाभियोग लगाउन माग गर्दै १ सयभन्दा बढी निवेदन परेका छन् । ब्राजिलको सर्वोच्च अदालतले हालै मात्र बोल्सोनारोमाथि विभिन्न छानबिन अघि बढाउन अनुमति दिएको थियो । उनले सन् २०१९ जनवरीमा पदभार सम्हालेका थिए । विगत समयमा बोल्सोनारो कोभिड–१९ महामारीको व्यवस्थापनको विषयमा आलोचित भएका थिए ।-Photo Source: DW



प्रतिक्रिया दिनुहोस्

Screenshot