Logo

कामना सेवाले ल्यायो अनलाईन डिम्याट सुविधा



काठमाडौं, २१ असोज । कामना सेवा विकास बैंकले अनलाईन मार्फत डिम्याट सुविधा सञ्चालनमा ल्याएको छ । अब बैंकमा बचत खाता भएका ग्राहक महानुभावहरुले घरमै बसी सहज रुपमा बैंकको अनलाईन मार्फतनै डिम्याट खाता तथा मेरोशेयर खोल्न सकिनेछ ।

अनलाईन मार्फत खाताको लागि आवेदन दिएको केहि समयमै डिम्याट खाता खोलिने व्यवस्था बैंकले गरेको छ । साथै बैंकमा खाता नभएका ग्राहक महानुभावहरुले अनलाईनबाटै उच्चतम ब्याजदर सहितको बैंकको नयाँ शुभलाभ लगानी बचत खाताू खोली यो सुविधा उपभोग गर्न सकिनेछ ।  जस अन्तर्गत ग्राहक महानुभावहरुले प्रथम वर्ष निस् शुल्क मोबाईल तथा ईन्टरनेट बैकिङ, तथा लकर सुविधा प्राप्त गर्न सकिनेछ ।

देशभर फैलिएका बैंकको १२९ शाखा तथा एक विस्तारीत शाखाबाट डिम्याट खाता सम्बन्धी सुविधाहरु सजिलै प्राप्त गर्न सकिनेछ ।
काठमाडौं –३०, ज्ञानेश्वरमा केन्द्रिय कार्यालय रहेको बैंकले देशका विभिन्न भागहरुमा ग्राहकहरुलाई आफनो सेवा तथा सुविधाहरु प्रदान गर्दै आएको छ ।



प्रतिक्रिया दिनुहोस्

Screenshot