Logo

फिफा विश्वकप छनोटः ब्राजिलको अपराजित यात्रा कायमै



काठमाडौं, २२ असोज । फिफा विश्वकप छनोट अन्तर्गत दक्षिण अमेरिकी छनोटमा ब्राजिलले भेनेजुएलालाई हराउँदै आफ्नो अपराजित यात्रा कायम राखेको छ । शुक्रबार बिहान भएको खेलमा भेनेजुएलालाई ३–१ गोल अन्तरले पराजित गर्दै ब्राजिलले लगातार ९ औं जित निकालेको हो ।

खेलको ११औं मिनेटमा एरिक रामिरेजले गोल गर्दै भेनेजुएलालाई सुरुआती अग्रता दिलाएका थिए । तर, खेलको ७१औं मिनेटमा माक्र्विन्होसले गोल गर्दै ब्राजिललाई १–१ गोलको बराबरीमा पुर्याएका थिए ।
खेलको ८५औं मिनेटमा गाब्रियल बार्बोसाले गोल गर्दै ब्राजिललाई २–१ को अवस्थामा पुर्याए ।

त्यस्तै खेलको इन्जुरी समयमा एन्टोनीले विजयी गोल गदै ब्राजिललाई ३–१ को जित दिलाए । यस जितसँगै ब्राजिलले ९ खेलमा २७ अंक जोड्दै शीर्ष स्थानमा रहेको छ भने ४ अंक जोडेको भेनेजुएला पुछारमा रहेको छ ।-Photo: Agency



प्रतिक्रिया दिनुहोस्

Screenshot