Logo

गुडिरहेको रेलमा सामूहिक बलात्कार



एजेन्सी, २३ असोज । रेल गुडिरहेको थियो । एउटा समूह रेलमा पस्यो । उनीहरु चोरी गर्न थाले ।

उक्त समूहले महिलामाथि बलात्कार गरे । २० वर्षीय महिलामाथि ४ जनाले शुक्रबार राति बलात्कार गरेका थियो । शनिबार प्रहरीले घटनाबारे खुलाएको हो । यो घटना भारतको लखनऊ मुम्बई पुष्पक एक्सप्रेस रेलमा भएको हो । घटना इगाटपुरी र कसरा रेल्वे स्टेशनको बीचमा भएको थियो ।

मुम्बई सरकार रेल्वे प्रहरीले चारैजनालाई पक्राउ गरेको छ । उनीहरु बीच बाटोमा रेलभित्र पसेका थिए । त्यसपछि अपराध गर्न थालेका थिए । रेलका यात्रुले सहायता मागेपछि उनीहरु पक्राउ परेका थिए ।

उक्त समूहले रेलका यात्रुबाट रकम र मोबाइल फोन समेत चोरेको पत्ता लागेको छ ।



प्रतिक्रिया दिनुहोस्

Screenshot