Logo

देउवाको विश्वासपात्र नै म हुँ, म योग्य र सक्षम व्यक्ति हुँ : गोपालमान श्रेष्ठ (भिडिओसहित)



काठमाडौं, २७ असोज । नेपाली कांग्रेसका प्रभावशाली नेता तथा पूर्व उपप्रधानमन्त्री गोपालमान श्रेष्ठले आफू सुरुदेखि नै जनताको पक्षमा बोल्दै आएको सुनाएका छन् । उनले आफू जहिलेपनि जनताको पक्षमा उभिने व्यक्ति भएको जिकिर गरे । उनले आफू २०२० सालदेखि नै जनताको पक्षमा उभिएको जिकिर गरे ।

आज विहान नेपाली रेडियो नेटवर्कबाट प्रसारण भएको नेपाली बहस कार्यक्रममा पत्रकार ऋषि धमलासँग कुरा गर्दै उनले यस्तो बताएका हुन् । उनले दुर्गमका जनता चामल नपाएर ठूलो मारमा रहेको सुनाए । उनले प्रधानमन्त्री शेरबहादुर देउवाले जनतालाई राहत दिनेगरि कदम चाल्न पनि आग्रह गरेका छन् ।

उनले आफूले प्रधानमन्त्री देउवालाई साथ दिँदै आएको सुनाए। र, अब आगामी दिनमा आफूलाई पनि सभापतिमा सघाउनुपर्नेमा जोड दिए । उनले आफू नै देउवाको नेचुरल उत्तराधिकारी रहेको सुनाए । उनले आगामी १४औं महाधिवेशनमा आफू सभापतिको उम्मेद्धवारी रहेको सुनाए । र, सभापतिमा देउवाले आफूलाई अघि सार्ने उनले जनाए ।

उनले आफ्नो उम्मेद्धवारी तय भएसँगै सबै नेतालाई व्यवस्थापन गरेर अघि बढ्ने पनि विश्वास दिलाए । उनले देउवाले उम्मेद्धवारी दिए त्यो दुर्भाग्यपूर्ण हुने पनि जनाए । उनले आफूलाई सभापतिमा देउवाले सघाउनेमा आफू विश्वस्त रहेको सुनाए । उनले आफू नै सभापति देउवाको विश्वासपात्र भएको पनि सुनाए ।



प्रतिक्रिया दिनुहोस्

Screenshot