Logo

राजसंस्था अन्त गर्दै बारबाडोसमा गणतन्त्र, पहिलो राष्ट्रपतिमा महिला



एजेन्सी, ५ कात्तिक । बारबाडोसमा राजसंस्था अन्त भएको छ । क्यारबियन टापु राष्ट्र बारबाडोसमा बेलायतकी महारानी एलिजावेथ राष्ट्रप्रमुख मानिन्थिन् । यो व्यवस्था अन्त गर्दै गणतन्त्र स्थापना भएको हो ।

बारबाडोसमा सान्ड्रा मासन बुधबार नयाँ राष्ट्रपति निर्वाचित भएकी छिन् । उनले दुवै संसदबाट दुई तिहाई मत पाएकी थिइन् ।

बेलायतको पूर्व उपनिवेश राष्ट्र बारबाडोस सन् १९६६ मा स्वतन्त्र भएको थियो । तीन लाख जनसंख्या भएको बारबाडोसमा बेलायती राजसंस्थालाई मानिन्थ्यो ।
७२ वर्षीया राष्ट्रपति मासनले ३० नोभेम्बरमा सपथ लिने तय भएको छ ।



प्रतिक्रिया दिनुहोस्

Screenshot