Logo

आफ्नो र समिक्षा अधिकारीको चरित्र हत्या नगरिदिन नायक पल शाहको आग्रह



काठमाडौं, ८ कार्तिक । चर्चित नायक पल शाहले आफू र गायिका समिक्षा अधिकारीसँग नाम जोडेर समाचार आएपछि आफ्नो तर्फबाट स्पष्टीकरण दिएका छन् । हिजोमात्रै गायिका अधिकारीले पनि आफ्नो तर्फबाट स्पष्टीकरण दिएकी थिईन् । नायक शाहले पनि हिजो राति सामाजिक सञ्जाल फेशबुकमार्फत आफू र समिक्षाबीच मित्रता र सहकार्य भएको बताएका छन् । तर, तथानाम शीर्ष दिएर सिंगो पत्रकारितालाई पनि बद्नाम गर्ने काम भएको उनको टिप्पणी छ। उनले आफूहरुको चरित्र हत्या हुनेगरि काम नगर्नपनि अनुरोध गरेका छन् ।

पलले यस्तो लेखेका छन्-

नमस्कार?
देश बिदेशमा रहनुभएका सम्पुर्ण मेरा दर्शक श्रोता ज्युहरुमा हार्दिक सम्मान अनि धेरै माया। बिगत केही दिनदेखी मेरो र गायिका समिक्षा अधिकारीको बिषयमा आइरहेका समाचार बाट म लगायत मेरो परिवार अनि मलाई माया गर्नुहुने सिङ्गो दर्शक दिर्घ नै दुखी बनेको महशुस हामिले गरेका छौ ।
जुनसुकै क्षेत्रमा काम गर्दा पनि केही ब्यक्त्ती समूह कहि न कहि कुनै न कुनै प्रकारले नजिक हुने गर्छ यो हामी सबैलाई थाहा भएकै कुरा हो। मेरो पेशा र बिधाका कारण म धेरै मान्छेहरु सँग सहकार्य गर्नुपर्ने हुन्छ र म सँग जोडिनु हुने मेरा अग्रज, अनुज र सहकर्मीहरुमाझ मैले सदैब आफुलाई सहज र सहयोगी तवरले प्रस्तुत गरिरहेको हुन्छु। अरु कलाकारहरु सँग जस्तै र अरुले जस्तै साङ्गितिक सहकार्य गायिका समिक्षा अधिकारीसँग पनि भएको कुरा यहाहरुलाई विदितै छ।
हुँदै नभएका, गर्दै नगरिएका, बिना आधारका कुराहरुलाई गसिप बनाएर एउटा कालाकार र उसको व्यक्त्तिगत जीवन माथी आंच आउने किसिमले लेखिएका झुटा समाचारहरुले मलाई अत्यन्तै दुखि बनाएको छ। यसरी कसैको व्यक्त्तिगत प्रतिष्ठा र चरित्र हत्या हुने गरि बदनाम गर्ने गरि समाचार नबनाई दिनुहुन सम्पुर्ण मिडियाकर्मी ज्युहरुलाई हार्दिक अनुरोध गर्दछु।
मैले सधै दर्शक श्रोता मेरो घर अनि मिडियालाई आफ्नो परिवार मानेको छु र सदैव मानिरहने छु। यहि घर परिवारको माया, आशीर्वाद र शुभेच्छाको कारणले गर्दा नै म यहासम्म आइपुगेको छु। मैले जानेर नजानेर कसैको चित्त दुखाएको छु भने म यसै पोस्ट मार्फत हार्दिक माफी माग्द्छु।
गायिका समिक्षा अधिकारी र मेरो बिचमा भएको मित्रता र सहकार्यलाई अन्य अन्य तथानम शिर्षक दिएर सिङ्गो पत्रकारिता लाई पनि बदनाम गर्ने र हाम्रो चरित्र हत्या हुने कार्य नगरिदिनुहोला ।
धन्यवाद ?
-हजुरहरुको पल शाह !! 



प्रतिक्रिया दिनुहोस्

Screenshot