Logo

गणतन्त्र, संघीयता र धर्मनीरपेक्षता माओवादीले स्थापित गरेको एजेन्डाः प्रचण्ड



काठमाडौं, ८ कात्तिक । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले गणतन्त्र, संघीय र धर्मनीरपेक्षता आफूहरुले स्थापित गरेको एजेन्डा भएको बताएका छन् । उनले अहिले देशमा लागू भएका राज्य प्रणालीका मुख्य एजेन्डा सबै माओवादीको भएको बताए ।

‘गणतन्त्र, संघीयता, धर्मनीरपेक्षतासहितका एजेन्डा माओवादीको हो,’ भारतका पूर्वराजदूत रञ्जीत रेको हालै प्रकाशित पुस्तकको समिक्षा गर्दै प्रचण्डले भने,‘ती एजेन्डा माओवादीले उठाएको र स्थापित गरेको हो ।’

जनताको विशाल संख्या माओवादीले स्थापित गरेको एजेन्डाको पक्षमा रहेको प्रचण्डको भनाई थियो । उनले भने,‘रञ्जीत रेको पुस्तकले पनि यस्ता धेरै कुरा बताउँछ ।’

पूर्व अर्थसचिव रामेश्वर खनालले माओवादीप्रति गरेको कडा टिप्पणीतर्फ संकेत गर्दै आलोचना गरे । उनले भने,‘माओवादी सखाप नभएसम्म यो देशले सुख पाउँदैन भन्दै वक्तव्य दिइरहेका छन् । १७ हजार मान्छे मारेको आरोप लगाउने पूर्वप्रधानमन्त्रीहरु छन्, त्यसको समिक्षा हुन जरुरी छ ।’

तस्विर : मुकुन्द कालिकोटे, रिपोर्टर्स नेपाल डटकम 



प्रतिक्रिया दिनुहोस्

Screenshot