Logo

परिसुचक र कारोबार दुबै बढ्दा आज यी कम्पनीको कारोबार सर्वाधिक



काठमाडौं, ९ कात्तिक । आज दिनभरमा ६ अर्ब ३१ करोड ८३ लाख ४० हजार ९३२ रुपैयाँ बराबरको १ करोड १४ लाख ८६ हजार १२३ कित्ता शेयर कारोबार भएको छ ।

आज परिसुचकसहित कारोबार रकम पनि बढेको छ । आज सबैभन्दा धेरै कामना सेवा विकास बैंकको कारोबार भएको छ । बैंकको आज ४४ करोड ७४ लाख बढीको कारोबार भएको हो ।

त्यस्तै, नविल बैंकको ३४ करोड ७८ लाख बढीको आज कारोबार भएको नेप्सेले जनाएको छ । एनआइसी एशिया बैंकको २४ करोड ५५ लाख, अरुण भ्याली हाइड्रोपावर कम्पनीको १६ करोड ७३ लाख, अपि पावर कम्पनीको १३ करोड ७० लाख रुपैयाँको शेयर कारोबार भएको छ ।

 



प्रतिक्रिया दिनुहोस्

Screenshot