Logo

९४ तोला चाँदीसहित एक पक्राउ



मोरङ, १० कात्तिक । ९४ तोला चाँदी सहित ३० वर्षीय युवक पक्राउ परेका छन् । रतुवामाई नगरपालिका–३ छालगाछीबाट विल नभएको ९४ तोला चाँदी सहित सोही ठाउँ बस्ने ३० वर्षीय धर्बेन्द्र शर्मालाई मंगलबार साँझ प्रहरीले पक्राउ गरेको हो ।

प्रहरी चौकी महादेवाबाट खटिएको प्रहरीले जाँच गर्ने क्रममा उक्त चाँदीको तार बनाई ल्याएको अवस्थामा शर्मालाई फेला पारी पक्राउ गरेको जनाएको छ ।

बरामद चाँदी सहित उनलाई आवश्यक कारबाहीका लागि मुल भन्सार कार्यालय रानी विराटनगर पठाइने १ नम्बर प्रदेश प्रहरी कार्यालय विराटनगरले बताएको छ ।

 

 



प्रतिक्रिया दिनुहोस्