Logo

इङ्लिस प्रिमियर लिगः एभर्टनमाथि उल्भ्सको जित



काठमाडौं, १६ कात्तिक । इङ्लिस प्रिमियर लिग फुटबलमा उल्भ्सले एभर्टनमाथि जित निकालेको छ । सोमबार राति उल्भ्सको घरेलु मैदानमा भएको खेलमा एभर्टनलाई २–१ ले गनेल अन्तरले पराजित गरेको हो ।
खेलको २८औं मिनेटमा म्याक्स किलमेनले गोल गर्दै उल्भ्सलाई सुरुवाति अग्रता दिलाएका थिए ।

साथै, ३२औं मिनेटमा राउल जिमेनेजले गोल गर्दै टोलीको अग्रता दोब्बर बनाए । यस्तै, ६६औं मिनेटमा एभर्टनका एलेक्स इवोबिले दोस्रो हाफमा एक गोल फर्काएपनि टोलीलाई हार बाट टार्न सकेनन् । जितसहित उल्भ्स १० खेलबाट १६ अंकसहित तालिकाको सातौ स्थानमा छ भने १४ अंक रहेको एभर्टनसहित तालिकाको दशौं स्थानमा छ ।-Photo: Agency



प्रतिक्रिया दिनुहोस्

Screenshot