Logo

‘जनताको पक्षमा काम नगरे हाम्रा मन्त्रीहरुलाई पार्टीमा जस्तोसुकै ठूलो पदमा भएपनि कारबाही गर्नेछौं’ : प्रचण्ड



काठमाडौं, १८ कार्तिक । नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ अहिले सरकारमा रहेका मन्त्रीहरुले जनताको हितमा काम गर्नुपर्ने सुझाव दिएका छन् । उनले अहिले पार्टीबाट सरकारमा प्रतिनिधित्व गरेका मन्त्रीहरुले राम्रै काम गरेको भनेर प्रशंसा समेत गरेका छन् । तर, जनताको पक्षमा काम नगरे पार्टीमा जस्तासुकै ठूलो पदमा भएपनि कारबाही गर्ने दाहालको चेतावनी छ ।

आज (बिहीबार) नेपाल सम्वत् प्रवर्तक, राष्ट्रिय विभुति शंखधर साख्वास् को प्रतिमामा माल्यार्पण तथा नेपाल संवत् ११४२ तथा नेपाली चाडपर्वको अवसरमा नेकपा ९माओवादी केन्द्र० मध्यपुर थिमि नगर कमिटिद्वारा आयोजित शुभकामना आदनप्रदान कार्यक्रममा सम्बोधन गर्दै अध्यक्ष दाहालले यस्तो बताएका हुन् । उनले भने,‘हाम्रा मन्त्रीहरूलाई जनताको पक्षमा काम नगरे पार्टीमा जस्तोसुकै ठूलो पदमा भए पनि कारबाही गर्ने छौं ।’

‘प्रचण्ड’ ले अहिले काम न काजका गुण्डाहरुले माओवादीलाई सजिलै हेप्न थालेको बताएका छन् । उनले केपी शर्मा ओलीले नै माओवादीका एजेण्डाहरु उल्टाउने षड्यन्त्र गरेको टिप्पणी गरेका छन् ।  उनले एमाले र माओवादी केन्द्रबीच भएको एकता गल्ती नभएको जिकिर गरे । उनले पछि नेकपाकालिन समस्यामा संघर्ष गर्दा पनि आफूहरु विजयी भएको स्मरण गराए । उनले प्रतिक्रान्ति कम्युनिष्ट पार्टीबाट नै हुने गरेको सुनाए ।



प्रतिक्रिया दिनुहोस्

Screenshot