Logo

दोस्रो सेमिफाइनलमा पाकिस्तान र अष्ट्रेलिया भिड्दै



काठमाडौं, २५ कात्तिक । आईसीसी टी–ट्वान्टी विश्वकप क्रिकेटको दोस्रो सेमिफाइनलमा आज (बिहीबार) पाकिस्तान र अष्ट्रेलिया भिड्दै छन् ।

दुवई अन्तराष्ट्रिय स्टेडिममा हुने खेल नेपाली समय अनुसार राति ७ः४५ बजे सुरु हुनेछ ।

विश्वकप क्रिकेटमा सुमुह २ मा रहेको पाकिस्तान अपराजित रहदै सेमिफाइनलका पुगेको हो । यस्तै, समुह १ मा रहेको अष्ट्रेलिया ५ खेलमा ४ जित र १ हारका साथ सेमिफाइनलमा पुगेको हो ।

आजको खेलमा पाकिस्तान आफ्नो अपराजित यात्रा कायम राख्दै फाइनलमा पुग्न चाहाँन्छ भने अष्ट्रेलिया पनि फाइनल पुग्न चाहाँन्छ ।

विश्वकपकै बलियो टोलीको रुपमा रहेको अष्टेलियालाई जारी विश्वकपमा उत्कृष्ट प्रदर्शन गर्दै आएको पाकिस्तानलाई हराउन सजिलो भने हुनेछैन् ।

हिजोको खेलमा इङ्ल्याण्डलाई ५ विकेटले हराउँदै न्युजिल्याण्ड पहिलो पटक फाइनल पुगीसकेको छ ।

आजको विजेताले फाइनलमा न्युजिल्याण्डसँग प्रतिस्पर्धा गर्ने छ ।



प्रतिक्रिया दिनुहोस्

Screenshot