Logo

बुल्गेरियामाथि जित निकाल्दा स्विट्जरल्यान्ड विश्वकपमा छनोट



काठमाडौं, ३० कात्तिक । स्विट्जरल्यान्ड सन् २०२२ मा कतारमा आयोजना हुने फिफा विश्वकप फुटबलमा छनोट भएको छ ।

युरोपियन छनोट अन्तर्गत सोमबार राति भएको खेलमा स्विट्जरल्यान्डले बुल्गेरियालाई ४–० गोल अन्तरले पराजित गरेको हो ।
यस जित सँगै स्विट्जरल्यान्ड विश्वकपमा छनोट भएको छ ।

स्विट्जरल्यान्डको घरेलु मैदानमा भएको खेलमा ४८ औं मिनेटमा नोह ओकाफोरले गोल गर्दै स्विट्जरल्यान्डलाई अग्रता दिलाएका थिए ।

खेलको ५७ औं मिनेटमा रुबेन भर्गासले गोल गर्दै टिमको अग्रता दोब्बर बनाए ।

साथै, खेलको ७२ औं मिनेटमा सेड्रिक इट्टेनले गोल गरेपछि स्विट्जरल्यान्डले अग्रता तेब्बर बनायो ।

त्यसपछि खेलको इन्जुरी समयमा रिमो फ्रुलेरले गोल गर्दै स्विट्जरल्यान्डलाई ४–० को जित दिलाए ।

स्विट्जरल्यान्ड ८ खेलमा १८ अंक जोड्दै समूह ‘सी’ शीर्ष स्थानमा रहेको छ भने बुल्गेरिया ८ अंकका साथ चौंथो स्थानमा छ ।



प्रतिक्रिया दिनुहोस्

Screenshot