Logo

संक्रमणबाट आज ५ जनाको मृत्यु



काठमाडौं, ३ मंसिर । कोरोना संक्रमणबाट आज ५ थप जनाको मृत्यु भएको छ । योसँगै कोरोना संक्रमणबाट नेपालमा मृत्यु हुनेको संख्या ११ हजार ४ सय ९४ पुगेको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

आज नेपालमा कोरोना भाइरसका २ सय ९६ जना संक्रमित थपिएका छन् । योसंगै कुल संक्रमितको संख्या ८ लाख १८ हजार ५ सय ७८ पुगेको छ ।

त्यस्तै, आज ३ सय ६९ जना संक्रमणमुक्त भएका छन् । हालसम्म ७ लाख ९९ हजार ५ सय ४५ जना संक्रमणमुक्त भएका छन् ।



प्रतिक्रिया दिनुहोस्

Screenshot