Logo

यौन र्दुव्यवहारको खुलासा गर्ने चिनियाँ टेनिस स्टार पेङ देखिइन् (भिडियोसहित)



एजेन्सी, ५ मंसिर । यौन र्दुव्यवहारको खुलासा गर्ने चिनियाँ टेनिस स्टार पेङ सुआई सार्वजनिक कार्यक्रममा देखिएकी छिन् । उनले किशोर उमेर समूहको टेनिस म्याचमा देखिएकी हुन् ।

बेइजिङमा आइतबार विहान देखिएकी पेङको तस्बिर ग्लोबल टाइम्सको फोटो पत्रकारले कैद गरेका हुन् ।

पेङले सामाजिक सञ्जालमा आफूमाथि यौन र्दुव्यवहारको खुलासा गरेकी हुन् । उनले चीनका पूर्व उपप्रधानमन्त्री चाङ गाओलीले र्दुव्यवहार गरेको खुलासा गरेकी थिइन् । त्यसपछि उनको पोष्ट डिलिट गरिएको थियो ।

चाङ त्यसयता सार्वजनिक रुपमा देखिएकी थिइनन् । उनको अवस्थाबारे विश्वभरबाट आवाज उठेको थियो ।



प्रतिक्रिया दिनुहोस्

Screenshot