Logo

पछिल्लो २४ घन्टामा भारतमा १० हजार संक्रमित थपिए



एजेन्सी, ५ मंसिर । भारतमा पछिल्लो २४ घन्टामा १० हजार ४८८ जना कोरोना भाइरसका नयाँ संक्रमित थपिएका छन् । योसँगै भारतमा हाल कोरोना संक्रमितको संख्या १ लाख २२ हजार ७१४ पुगेको छ ।

कुल संक्रमितदर ० दशमलव ३६ प्रतिशत रहेको छ । संक्रमितको यो दर २०२० देखिकै सबैभन्दा कम हो । शनिबार मात्रै ३ सय १३ जना संक्रमितको मृत्यु भएको छ भने १२ हजार ३२९ जना संक्रमणमुक्त भएका छन् । त्यस्तै, मृत्यु हुनेको कुलसंख्या ४ लाख ६५ हजार ६६२ जना पुगेको एजेन्सीले जनाएको छ ।



प्रतिक्रिया दिनुहोस्