Logo

कोरोनाको नयाँ भेरियन्टको नाम ‘ओमिक्रोन’



एजेन्सी, ११ मङ्सिर। विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ)ले कोरोना भाइरसको नयाँ भेरिएन्टलाई लिएर चिन्ता प्रकट गरेको छ । प्राविधिक शब्दावलीमा (डब्ल्यूएचओ)ले यसलाई ‘चिन्ताजनक भेरिएन्ट’ (भेरिएन्ट अफ कन्सर्न) भन्दै यसको नाम ‘ओमिक्रोन’ राखेको हो । अत्यधिक उत्परिवर्तित भएको र प्रारम्भिक विवरणले यो भाइरसले संक्रमणको जोखिम बढाउने डब्ल्यूएचओको निष्कर्ष छ।

(डब्ल्यूएचओ)ले यो भेरिएन्ट निकै तीव्र गतिमा र ठुलो संख्यामा म्युटेट हुने जनाएको छ । यो भेरिएन्टका कयौं म्युटेशन चिन्ता पैदा गर्ने खालका रहेकाले सुरुवाती साक्ष्यका आधारमा (डब्ल्यूएचओ)ले ती म्युटेशनका कारण संक्रमणको खतरा बढेको जनाएको छ ।(डब्ल्यूएचओ)ले यो भेरिएन्टबारे २४ नोभेम्बरमा पहिलो पटक दक्षिण अफ्रिकाबाट जानकारी पाएको थियो ।

यसका अतिरिक्त बोत्सवाना, बेल्जियम, हङकङ र इजरायलमा पनि यो भेरिएन्ट पहिचान गरिएको छ । यो भेरिएन्ट पहिचानमा आएसँगै विश्वका कयौं मुलुकले दक्षिण अफ्रिकासँग आवतजावतमा प्रतिबन्ध लगाउने निर्णय गरेका छन् । –Photo: Agency



प्रतिक्रिया दिनुहोस्

Screenshot